सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका ५१ सहित सुदूरपश्चिमका थप ९१ जनामा कोरोना संक्रमण

२०७७ असोज २८, ०७:३४ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेशमा बुधबार थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एक हजार ३२ जनाको परीक्षण गर्दा गरिएको परीक्षण थप ९१ जनामा संक्रमण पुष्टि भएको हो।  

सेती प्रादेशिक अस्पतालमा पछिल्लो चार सय ३२ जनाको परीक्षण गरिएकोमा कैलालीका ५१ सहित थप ६० जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीका ५१, कञ्चनपुरका ८ र बझाङका ८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। 

कैलालीको धनगढी उपमहानगरपालिकाका मात्र ३१ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। उनले उपमहानगरपालिकाको वडा नम्बर १  र ३ का ६/६ जना, त्यसैगरी वडा नम्बर २, ४ र ५ का ३/३ जना र वडा नम्बर ७ का २ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। यस्तै वडा नखुलेका ८ जनामा पनि संक्रमण पुष्टि भएको उनले बताए।

यस्तै कैलालीकै गोदावरी नगरपालिका र टीकापुर नगरपालिकाका ७/७ जना,कैलारी गाउँपालिकाका चार जना र लम्कीचुहा नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको छ। 

कञ्चनपुरको वेदकोट नगरपालिकाका चार जना, बेलौरी र पुर्नवास नगरपालिकाका एक/एक जना, स्थानीय तह नखुलेका दुई जना र थलारा गाउँपालिका बझाङका एकजनामा पनि संक्रमण देखिएको छ। 

यस्तै डडेल्धुरा अस्पतालमा तीन जना, डोटी अस्पतालमा ९ जना, बैतडी अस्पतालमा ४ जना, बझाङमा तीन जना, अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा १२ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए।  

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या साढे आठ हजार नाघेको छ भने २४ जनाको मृत्यु भएको छ।  ८ जना संक्रमितको अवस्था गम्भीर रहेको छ। 

उनीहरुको सेती प्रादेशिक अस्पतालमा आईसियु र भेन्टिलेटरमा राखेर उचार भइरहेको छ। 
 

कमेन्ट लोड गर्नुस