होम आईसोलेसनमा वृद्धाको मृत्यु

चितवन : जिल्लामा होम आईसोलेसनमा रहेकी एक वृद्धाको मृत्यु भएको छ। कालिका नगरपालिका वडा नं. १ खुकुरी चोक बस्ने वर्ष ८५ की उनको आज निधन भएको हो।
ईलाका प्रहरी कार्यालय टाँडीका अनुसार असोज २२ गते चितवन मेडिकल कलेजमा स्वाब परीक्षण गर्दा २३ गते कोरोना सङ्क्रमण पोजेटिभ देखिएकी उनी घरमा नै आईसोलेसनमा बस्दै आएकी थिइन्।
श्वासप्रश्वासमा समस्या देखिएको उनको आज दिउँसो ४ बजे मृत्यु भएको हो।

