सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीफन्टा नाकामा हेल्थ डेस्क स्थापना

२०७७ असोज २७, ०३:५९ खबर संवाददाता

धनगढीः गौरीफन्टा नाकामा हेल्थ डेस्क स्थापना गरिएको छ।

कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर ११ को डोकेबजार स्थित गौरीफन्टा सीमानाकामा दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै हेल्थ डेस्क स्थापना गरिएको हो।

दुवै देशका सुरक्षा अधिकारीको उपस्थितीमा हेल्थ डेस्क स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीले जनाएको छ।   

चाडपर्वका बेला सीमा नाकामा हुने भिडभाडको व्यवस्थापन तथा सर्वसाधारणको आवतजावत सहज बनाउँदै अपराध नियन्त्रणका लागि हेल्थ डेस्क स्थापना गरिएको हो।  

कमेन्ट लोड गर्नुस