सुदूरपश्चिमका ४ संक्रमित आईसियुमा, तीन जनालाई भेन्टिलेटरमा राखियो

धनगढीः सेती प्रादेशिक अस्पतालमा उपचाररत ७ जना कोरोना संक्रमितको आईसियु र भेन्टिलेटरमा राखेर उपचार भईरहेको छ।
सेती प्रादेशिक अस्पताल मातहतको कोभिड अस्थायी अस्पताललमा उपचाररत चार जना संक्रमितलाई आईसियु र तीन जनालाई भेन्टिलेटरमा राखेर उपचार भईरहेको हो।
प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उपमहानगरपालिका वडा नम्बर १३ का ५० वर्षीय पुरुष, कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ८ का ३८ वर्षीय पुरुष र कञ्चनपुरकै महाकाली नगरपालिका वडा नम्बर २ का ७४ वर्षीय बृद्धको भेन्टिलेटरमा राखेर उपचार भइरहेको दिनेश खबरलाई जानकारी दिए।
यस्तै धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का ५० वर्षीय पुरुष, कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ का ४६ वर्षीय पुरुष, भीमदत्त नगरपालिका वडा नम्बर ४ का ४३ वर्षीय पुरुष र दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ५ का ५२ वर्षीय पुरुषको सघन उपचार कक्ष आईसियुमा राखेर उपचार भईरहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

