सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुई देशका लागि भारतीय राजदुत नियुक्त

२०७७ असोज २७, ०३:१५ रासस

भारतले दुई देशका लागि भारतीय राजदूत नियुक्त गरेको छ। 

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार इन्डोनेसिया र अल्बानियाका लागि राजदूत नियुक्त गरिएको हो। भारतको परराष्ट्र सेवाको १९८८ को समूहबाट परराष्ट्र सेवामा प्रवेश गर्नुभएका मनोज कुमार भारतीलाई इन्डोनेसियाका लागि राजदूत नियुक्त गरिएको हो। 

विदेश मन्त्रालयले मङ्गलबार जारी गरेको विज्ञप्तिमा मन्त्रालयको विषेश सचिवका रुपमा काम गरेका भारतीलाई इन्डोनेसियाको नयाँ राजदूतको रूपमा नियुक्त गरिएको उल्लेख छ। त्यसैगरी राहुल श्रीवास्तवलाई अल्वानियाको राजदूतमा नियुक्त गरिएको मन्त्रालयले जानकारी दिएको छ। उनी पनि परराष्ट्र सेवाकै सन् १९९९ को समूहको कर्मचारी हुन्। 

उनले अहिले रोमानियाका लागि भारतीय राजदूतको रुपमा काम गरिरहेएको मन्त्रालयले जनाएको छ। उनीहरु दुवै जनाले चाँडै नै आफ्नो कार्यभार सम्हाल्ने पनि विज्ञप्तिमार्फत् विश्वास व्यक्त गरिएको छ।  
 

कमेन्ट लोड गर्नुस