सार्वजनिक सवारीको सिट क्षमता अनुसार यात्रु बोक्न सकिने

सार्वजनिक सवारीको सिट क्षमता अनुसार यात्रु बोक्न सकिने भएको छ। नेपाल सरकारले सार्वजनिक सवारीका सबै सिटमा यात्रु चढाउन दिन निर्णय गरेको हो।
मन्त्रिपरिषदको सोमबारको बैठकले सार्वजनिक सवारीको सिट क्षमताको आधा मात्र यात्रु बोक्न पाउन निर्णय हटाएको हो। सार्वजनिक सवारी सञ्चालन भएदेखि एक लहरमा एक जना मात्र राख्नुपर्ने र भाडामा ५० प्रतिशत बृद्धि गरेर लिन भनिएको थियो। अन्तरिक हवाई उडानमा पनि यही भनिएको थियो। तर हवाई सेवा प्रदायक कम्पनीहरुले नागरिक उड्डयन मन्त्रालयसँग समझदारी गरेर सबै सिटमा यात्रु बोक्दै आएका छन्।
दशैंको समयमा यात्रुको चाप हुने भएकाले सार्वजनिक यातायातमा पनि सामाजिक सुरक्षाका मापदण्ड अपनाएर पुरा क्षमतामा यात्रु राख्न दिने तर, भाडा पुरानैै दरमा लिनुपर्ने निर्णय भएको छ।

