सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका ३७ सहित सुदूरपश्चिमका थप ५० जनामा कोरोना पुष्टि

२०७७ असोज २६, ०५:१७ खबर संवाददाता

धनगढी : कैलालीका ३७ सहित सुदूरपश्चिमका थप ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलाली, कञ्चनपुर र दार्चुलाका गरी ५० जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। उपमहानगरपालिकाको वडा नम्बर ४ र ५ का ६/६ जना, वडा नम्बर १ का ५ जना, वडा नम्बर २ का ५ जना र वडा नम्बर ८ का ३ जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए।

यस्तै ३, ७, १२ र १३ का एक/एक जना र ठेगाना नखुलेका एक जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।

यस्तै कैलालीकै गौरीगंगा नगरपालिकाका ४ जना, कैलारी गाउँपालिका–२ का एक जना, गोदावरी नगरपालिकाका एक जना र लम्किचुहा नगरपालिकाका एक जनामा समेत कोरोना पुष्टि भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए। 

यसैगरी कञ्चनपुरको महाकाली नगरपालिकाका ४ जना, पुर्नरवास नगरपालिका र बेल्डाँडी गाउँपालिका–१ का दुई/दुई जना, त्यस्तै बेदकोद नगरपालिका, बेलौरी नगरपालिका र भीमदत्त नगरपालिकाका एक/एक जनामा भाइरसको संक्रमण देखिएको छ। 

त्यस्तै दार्चुलाका दुई जनामा पनि कोरोना पुष्टि भएको बताइएको छ।    

पछिल्लो २४ घण्टामा २९७ जनाको कोरोना परीक्षण गरिएको बताइएको छ।

कमेन्ट लोड गर्नुस