सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णालीका मुख्यमन्त्री शाहीले हटाए प्रमुख सचेतक

२०७७ असोज २६, ०३:१५ खबर संवाददाता

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलको विवाद उत्कर्षमा पुगेको छ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गुलाबजङ्ग शाहलाई प्रमुख सचेतकको जिम्मेवारीबाट हटाएका छन्।

कामकारबाही सन्तोषजनक नभएको भन्दै शाहलाई सोमबार प्रमुख सचेतकबाट मुक्त गरिएको मुख्यमन्त्री शाहीले जानकारी गराएका छन्।

उनको ठाउँमा सीता नेपाली नियुक्त गरेको पत्र थमाएको बताइएकाे छ। 

कमेन्ट लोड गर्नुस