सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोबाइल स्क्रिनमा कति दिनसम्म बाँच्न सक्छ कोरोना भाइरस ?

२०७७ असोज २६, ०३:०५ खबर संवाददाता

काठमाडौं: कोरोना भाइरस बैंक नोट, फोन स्क्रीन तथा स्टेनलेस स्टीलजस्ता सतहमा २८ दिनसम्म सङ्क्रामक रुपमा रहन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन्।

अष्ट्रेलियाली शोधकर्ताले सोमबार बताएअनुसार कोरोना भाइरस फ्लु भाइरसको तुलनामा निकै लामो समयसम्म बाँच्न सक्ने देखिएको हो। त्यसैले कोरोनाबाट बच्न बारम्बार हात धुने र सरसफाइमा ध्यान दिनुपर्ने शोधकर्ताहरुको निष्कर्ष छ।

यसअघि प्रयोगशालाहरूमा गरिएका अध्ययनमा सार्स–कोभ–२ भाइरस बैंक नोट वा ग्लास सतहमा २ देखि ३ दिनसम्म र प्लास्टिक तथा स्टीलमा ६ दिनसम्म बाँच्न सक्ने देखिएको थियो।

यो अध्ययनअनुसार २० डिग्री सेल्सियरको स्थिर तापक्रममा बैंक नोट वा मोबाइलको स्क्रिनमा कोरोना भाइरस २८ दिनसम्म जीवित रहन सक्ने पाइएको हो। इन्फ्लुएन्जाको भाइरस बढीमा १७ दिनसम्म सतहमा जीवित रहन सक्छ।

कमेन्ट लोड गर्नुस