सुदूर नेपाललाई विश्वसँग जोड्दै

बजार अनुगमनका लागि उपसमिति गठन

२०७७ असोज २५, ०८:३६ रासस

चाडपर्व नजिकिएसँगै बजारमा कालोबजारी तथा अनुचित व्यापारिक कारोबारमा वृद्धि हुने भन्दै संसदीय समितिले चासो देखाएको छ।

प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज बसेको बैठकले छठपर्वसम्म बजार अनुगमनका लागि उपसमिति गठन गरेको हो। समितिका सभापति विमलप्रसाद श्रीवास्तवका अनुसार चाडपर्वमा अधिकांश स्थानमा कालोबजारीमा वृद्धि हुने कुरालाई ध्यानमा राख्दै अनुगमनका लागि उपसमिति गठन गरिएको हो।

चाडपर्वमा अधिकांश सांसदहरु जिल्ला फर्कनु हुने र सबैको ध्यान बजारतिर नपुग्ने हुँदा बजारको अवस्था तथा निरन्तर अनुगमनका लागि उपसमिति गठन गरिएको सभापति श्रीवास्तवले बताए। उहाँका अनुसार सो उपसमितिले प्रशोधित खानेपानी तथा नूनको मूल्यमा भएको वृद्धिलगायतका विषयमा अनुसन्धान गर्नेछ  उपसमितिमा नेकपाका दिलकुमारी र मायादेवी न्यौपाने, नेपाली काँग्रेसका प्रकाश रसाइली (स्नेही) र सुजाता परियार सदस्य रहनुभएको छ। एक जना सदस्य पछि चयन गरिने जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस