कञ्चनपुुरमा आगो लगाउने मद्धामा फरार रहेका युवक पक्राउ

धनगढी: कञ्चनपुर प्रहरीले आगो लगाउने मद्धामा फरार रहेका एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको बेदकोट नगरपालिका –४ बैतोडाका २३ वर्षीय धर्म सार्की रहेका छन्।
उनलाई आइतबार घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए। जिल्ला अदालतले २०७५ जेठ ८ गते सार्कीलाई ६ महिना कैद र १० हजार जरिवाना सुनाएको थियो।
उनलाई कैद भुक्तानका लागि जिल्ला अदालतमा दाखिला गरिएको डिएसपी क्षेत्रीले बताए।

