कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव

सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ। उनी विरुद्ध सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) मा आफ्नै सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन।
शाहीलाई संसदीय दलको नेताबाट हटाउन माग गर्दै आइतबार १८ जनाको हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएका हुन्।
अविश्वासको प्रस्तावमा प्रदेशसभा सदस्यहरु यामलाल कँडेल, प्रदेश सरकारकी उपसभामुख पुष्पा घर्तीमगर र नेकपाका कर्णाली प्रदेशका संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलगायत रहेका छन्।

