सुदूर नेपाललाई विश्वसँग जोड्दै

अफगानिस्तामा तालिबानद्धारा १० सैनिक र ३ सर्वसाधारणको हत्या

२०७७ असोज २५, ०१:४५ रासस

अफगानिस्तानमा तालिबानी लडाकूहरुले अफगान सेनालाई लक्ष्य गरेर राखेको बम विस्फोट हँुदा कम्तीमा पनि १० जना अफगान सेना मारिएका छन्।

सो आक्रमणमा परी अरु केही सेना घाइते भएका छन्। त्यस्तै त्यसमा परेर तीन जना सर्वसाधारण नागरिक पनि मारिएका छन्। अफगानिस्तानको सार इ पुल प्रान्तमा सो आक्रमण भएको थियो। उक्त आक्रमणबाट गस्तीमा जाँदै गरेको अफगानिस्तानको राष्ट्रिय सेनाको समूहलाई लक्ष्य गरेर गरिएको थियो।

सडक छेउमा ती सेनालाई नै लक्ष्य गरेर बम राखिएको र बम विस्फोट भएपछि उनीहरुको ज्यान गएको अधिकारीहरुले जनाएका छन्। शनिबार साँझपख तालिबानीहरुले सो बम विस्फोट गराएका थिए। बम लागेर अफपगानिस्तानको राष्ट्रिय सेना एएनएका दश जना सदस्यको घटनास्थलमै निधन भएको छ भने अरु पनि कैयौँ सैनिक घाइते छन्।  

हाल अफगानिस्तानको सरकार र तालिबानी समूहका प्रतिनिधिबीच कतारको दोहामा शान्ति स्थापना गर्ने कार्यका लागि वार्ता जारी रहेको छ। उता अफगानिस्तानको सरकारले आफ्नो तर्फबाट सक्दो प्रयास गरेको र यसका लागि सरकारको तर्फबाट सक्दो मात्रामा लचकता अपनाइएका समाचारहरु पनि आइरहेका छन्। 

तर यता तालिबानीहरुले भने अफगानिस्तानमा हिंसात्मक आक्रमण रोकेका छैनन्।
 

कमेन्ट लोड गर्नुस