सुदूर नेपाललाई विश्वसँग जोड्दै

टिप्परमा मोटरसाईकल ठोक्किँदा एक जनाको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७७ असोज २५, ११:१७ रासस

शनिबार राति  अरनिको राजमार्गखण्डअन्तर्गत  सूर्यविनायक नगरपालिका वडा नम्बर ५ चुनदेवीमा रोकिराखिएको टिप्परमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ।

बा ३ ख ८८०३ नम्बरको टिपरमा बा ३० प ९६११ नम्बरको मोटर साइकल ठोक्किँदा घाइते भएका मोटरसाइकल चालकको आज बिहान मृत्यु भएको हो। 

भक्तपुर नगरपालिका–४ दरबार स्क्वायरका ३८ वर्षीय लक्ष्मण त्वाटीको डाक्टर इवामुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। 

मोटरसाइकल पछाडि सवार सात वर्षीया प्रमिला लामाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक केशव थेवेले जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस