सुदूर नेपाललाई विश्वसँग जोड्दै

सवारी दुर्घटनामा ट्र्याक्टर चालकको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७७ असोज १२, ०५:०४ रासस

मकवानपुर: बाराबाट हेटौँडातर्फ आउँदै गरेको ना५ख ४१६४ नंको ट्रकले हेटौँडाबाट बारातर्फ जाँदै गरेको ना३त ६९३१ नंको ट्र्याक्टरलाई हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाई मन्दिर नजीकै आज दिउँसो ठक्कर दिँदा ट्र्याक्टर चालकको बाटोमा मृत्यु भएको छ।

मृत्यु हुनेमा ट्र्याक्टर चालक बारा जिल्लाको परवानीपुर गाउँपालिका–१ बस्ने वर्ष २२ वर्षीय लालबहादुर यादव रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। ठक्कर दिने ट्रक र त्यसका चालक धनुषाको मिथिला गाउँपालिका बस्ने गङ्गाराम महतोलाई अनुसन्धानका लागि प्रहरीले हिरासतमा लिएको छ। 

दुर्घटनामा परी घाइते भएका तीन जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

कमेन्ट लोड गर्नुस