Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

पहिरो खस्दा चालकको मुत्यु

रासस
२०७७ असोज १२, ०४:५५
अ+

प्यूठानमा सडक निर्माण गर्ने क्रममा बाटोमाथिबाट पहिरो खस्दा च्यापिएर आज जेसिबी चालकको मुत्यु भएको छ। 

माण्डवी गाउँपालिका–१ डामृखोलास्थित तिरामबाट दाङ जाने (मदनमणि लोकमार्ग) मा सडक निर्माण गर्ने क्रममा माथिबाट आएको पहिराले पुरिँदा सीतगङ्गा नगरपालिका–८ लापे अर्घाखाँचीका ४० वर्षीय नर्सिङ बुढामगरको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलका अनुसार पहिराले जेसिबी पनि पुरेको छ। 

Skip Ad