कोरोनाबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या ४८१ पुग्यो
२०७७ असोज १२, ०४:४१
धनगढी : नेपालमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
४ वटा जिल्लाका २ महिला र २ पुरुष गरी ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सुनसरीमा ३८, भक्तपुरमा ५१ वर्षीया महिला, बाँकेमा ४७ र गुल्मीमा ३४ वर्षीय पुरुषको मृत्यु भएको छ।
यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ८१ पुगेको छ। नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत छ।
कमेन्ट लोड गर्नुस