सुदूर नेपाललाई विश्वसँग जोड्दै

चितवनका कोरोना सङ्क्रमितको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७७ असोज १२, ०४:३५ रासस

चितवन: भरतपुर महानगरपालिका–७ का ५५ वर्षीय कोरोना सङ्क्रमित एक पुरुषको भरतपुर अस्पतालमा आज मृत्यु भएको छ। मिर्गौलाको समस्या भई डायलासिस गरिरहेको अवस्थामा असोज ४ गते उनीमा सङ्क्रमण पुष्टि भएको थियो।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार खोकी र श्वासप्रश्वासमा समस्या भई असोज ७ गते अस्पतालमा भर्ना भएका उनलाई असोज ८ गतेदेखि कोभिड सघन उपचार कक्षमा राखेर उपचार थालिएको थियो। उनको उपचारकै क्रममा आज दिउँसो १ः२० बजे मृत्यु भएको हो। 

कमेन्ट लोड गर्नुस