सुदूर नेपाललाई विश्वसँग जोड्दै

पोखरीमा डुबेर बालिकाको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७७ असोज १२, ०४:११ रासस

बर्दिया: बर्दियाको बढैयाताल गाउँपालिका–५ बस्ने १३ वर्षीया एक बालिकाको माछापोखरीमा डुबेर आज मृत्यु भएको छ। बढैयाताल गाउँपालिका–५ बस्ने पञ्चराम थारुकी १३ वर्षीया छोरी गरिमाको मृत्यु भएको हो।

घरबाट एक किलोमिटर पूर्वतिर रहेको आफ्नै माछापोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए।

कमेन्ट लोड गर्नुस