सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुर्घटनामा बझाङका सांसद स्नेही घाइते

२०७७ असोज १२, ०३:३३ खबर संवाददाता

काठमाडौं: नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली ‘स्नेही’ सवारी दुर्घटनामा परेका छन्।

सोमबार बिहान सीतापाइलाबाट बानेश्वरतर्फ आउँदै गर्दा साँढे सात बजेतिर टेकुमा स्नेही सवार बा ६५ प ५६७३ नम्बरको स्कुटरलाई बा २ ख ९८१० नम्बरको माइक्रोबसले ठक्कर दिएको हो।

सांसद स्नेहीका साथी नवराज वस्तीका अनुसार उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ। उनलाई दायाँ हातमा र खुट्टामा चोट लागेको छ।

रसाइली बझाङबाट समानुपातिक सासंद हुन। 
 

कमेन्ट लोड गर्नुस