सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरका थप ३४ जनामा कोरोना पुष्टि

२०७७ असोज १२, ०२:४४ खबर संवाददाता

धनगढी: कैलाली र कञ्चनपुरका थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २ सय ३३ जनाको कोरोना परीक्षण गर्दा ३४ जनामा कोरोना पुष्टि भएको हो। 

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीका २६ जना र कञ्चनपुरका ८ जनामा कोरोना संक्रमण भेटिएको छ। कैलालीको धनगढी उपमहानगरपालिकाका १८ जना, जोशीपुर गाउँपालिकाका ६ जना र घोडाघोडी नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको उनले बताए। 

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–११ का ७ जना र शुक्लाफाटा नगरपालिका–९ का एक जनामा कारोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। 
 

कमेन्ट लोड गर्नुस