सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङका थप १७ जनमा कोरोना पुष्टि

२०७७ असोज १२, १२:४३ खबर संवाददाता

धनगढी– बझाङका थप १७ जनमा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला अस्पताल बझाङको प्रयोगशालामा भएको परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका प्रयोगशाला इन्चार्ज नरेश खड्काका अनुसार जिल्लाको छविसपाथिभेरा गाउँपालिकाका पाँच जना, बुगल नगरपालिकाका दुई जना, मष्टा गाउँपालिकाका चार जना, दुर्गाथली गाउँपालिकाका तीन जना र केदारस्यू गाउँपालिकाका तीन जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा दुई सय ५३ जनाको कोरोना परीक्षण गरिएको खड्काले जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस