सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा १०१७ ‘एक्टिभ केस’

२०७७ असोज १२, १०:०१ खबर संवाददाता

धनगढी– सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या सात हजार तीन सय नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा संक्रमितको संख्या सात हजार तीन सय नाघेपनि प्रदेश स्वास्थ्य निर्देशनालयले भने आईतबार सम्म सात हजार ५१ जनामा कोरोना पुष्टि भएको जनाएको छ।

प्रदेशभर एक हजार बढि संक्रिय संक्रमित अथात एक्टिभ केस रहेका छन्। सामाजिक विकास मन्त्रालयले आईतबार साँझ सार्वजनिक गरेको तथ्यांक अनुसार प्रदेशमा एक हजार ५१ जना संक्रिय संक्रमित छन्।

सबैभन्दा बढि कैलालीमा चार सय ५१ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। यस्तै अछाममा एक सय २९, डोटीमा एक सय ३९, बझाङमा एक सय, बैतडीमा ८०  जना संक्रिय संक्रमित रहेका छन्।

यस्तै दार्चुलामा ३२, कञ्चनपुरमा ३५ र डडेल्धुरामा ११ जना संक्रिय संक्रमित रहेका छन्। बाजुरा जिल्लामा भने संक्रिय संक्रमितको संख्या सून्य छ। यस्तै प्रदेशका पाँच हजार ८ सय ८३ जनाले कोरोना जितेका छन्।

यस्तै सुदूरपश्चिम प्रदेशमा ६ हजार बढि कोरोना संक्रमित संक्रमण मुक्त भएका छन्। प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आईतबार एक सय ३६ जना डिस्चार्ज भएसँगै संक्रमण मुक्त हुनेको संख्या ६ हजार नाघेको हो।

आईतबार कैलालीका ८८ जना, बझाङका ३३ जना, कञ्चनपुरका चार र दार्चुलाका तीन जना संक्रमित डिस्चार्ज भएका छन्। उनीहरु मध्ये कैलालीका ८४ जना भने विभिन्न मितीमा डिस्चार्ज भएकोमा आईतबार मात्रै तथ्याङ्क अध्यावधिक गरिएको जनाएको छ।यो सँगै प्रदेशभर संक्रमण मुक्त हुनेको संख्या ६ हजार १९ पुगेको छ। सबैभन्दा बढि एक हजार आठ सय ३५ जना डिस्चार्ज भएका छन्।

यस्तै अछामका नौ सय २४, कञ्चनपुरका सात सय ४१, डोटीका नौ सय ४७, बझाङका चार सय २२, बाजुराका चार सय ५१, बैतडीका तीन सय २९, डडेल्धुराका तीन सय २१ र दार्चुलाका ४९ जनाले कोरोना जितेको दावी गरिएको छ।

प्रदेशभर अहिले सम्म सात हजार तीन सय बढिमा कोरोना संक्रमण पुष्टि भईसकेको स्वास्थ्य तथा जनसंख्या निर्देशनालयले जनाएको छ।

तर प्रदेशको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा भने सात हजार ५१ जना मात्रै संक्रमित रहेको उल्लेख छ। सुदूरपश्चिमका २० जनाको कोरोना संक्रमणकै कारणबाट मृत्यु भईसकेको छ। 
 

कमेन्ट लोड गर्नुस