सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा भन्सार छलेर मिठाई ल्याउने व्यापारी पक्राउ

२०७७ असोज १२, ०७:०३ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा भन्सार छलेर ल्याएको मिठाई सहित प्रहरीले एकजना व्यापारीलाई पक्राउ गरेको छ।

जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ४ का निरज गुप्तालाई भन्सार छलीको २६ हजार मूल्य बराबरको मिठाई बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमर थापाले एक सय ३० किलो मिठाई सहित गुप्तालाई उनकै पसल अगाडीबाट पक्राउ गरिएको बताए।

मिठाई सहित गुप्तालाई आवश्यक कारवाहीका लागि कञ्चनपुरका भन्सार कार्यालयलाई बुझाईएको प्रहरी नायब उपरिक्षक थापाले जानकारी दिए। 
 
 

कमेन्ट लोड गर्नुस