सुदूर नेपाललाई विश्वसँग जोड्दै

महेन्द्रनगरमा करेन्ट लागेर बालिका घाईते

२०७७ असोज ११, ०६:५७ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा करेन्ट लागेर बालिका घाईते भएकी छन्।

जिल्ला सदरमुकाम महेन्द्रनगर स्थित भीमदत्त नगरपालिका १८ सालघारीमा करेन्ट लागेर प्रकाश उराउकी तीन वर्षीया छोरी प्रतिमा घाईते भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमर थापाले घाईते प्रतिमाको महाकाली अस्पतालमा उपचार भईरहेको जानकारी दिए।

उनका अनुसार बालिकाको अवस्था मध्यम रहेको छ। बालिकालाई रड काट्ने मेसिनबाट करेन्ट लागेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस