सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका ४७ सहित थप ४८ जनामा कोरोना पुष्टि

२०७७ असोज ११, ०४:१२ खबर संवाददाता

धनगढीः सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा चार सय चार जनाको कोरोना परीक्षण गरिएकोमा ४८ जनामा संक्रमण पुष्टि भएको हो।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार कैलालीका ४७ र कञ्चनपुरका एकजनामा संक्रमण पुष्टि भएको छ।

कैलालीको टीकापुर नगरपालिकाका १४ पुरुष र ७ महिला गरी २१ जना, गोदावरी नगरपालिकाका १३ जना पुरुषमा संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताए।

यस्तै धनगढी उपमहानगरपालिकाका थप १३ जनामा पनि संक्रमण पुष्टि भएको छ।

वडा नम्बर १ का एक पुरुष, वडा नम्बर २ का चार पुरुष, वडा नम्बर ३ का तीन महिला, वडा नम्बर ५ का एक पुरुष, वडा नम्बर ८ का एक पुरुष, १४ का एक पुरुष र एक महिला तथा वडा नखुलेका एक जना गरी १३ जनामा संक्रमण पुष्टि भएको श्रेष्ठले बताए।

कञ्चनपुरको भीमदत्त नगरपालिका १० का एक पुरुषमा पनि संक्रमण देखिएको अस्पतालले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस