सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा घरको छतबाट लडेर पुरुषका दुवै खुट्टा भाचिए

२०७७ असोज ११, ०३:३० खबर संवाददाता

धनगढीः कञ्चनपुरमा घरको छतबाट लडेका पुरुषका दुवै खुट्टा भाचिएका छन्।

जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ७ मझगाउँका ४३ वर्षीय किसन चन्द गएराती घरको छतबाट खस्दा दुवै खुट्टा भाचिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमर थापाले दुवै खुट्टा भाचिएका चन्दको महाकाली अस्पतालमा उपचार भईरहेको जानकारी दिए। उनको अवस्था मध्यम रहेको छ। 
 

कमेन्ट लोड गर्नुस