सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा आज ९७ जना कोरोना संक्रमित थपिए

२०७७ असोज १०, ०६:३२ खबर संवाददाता

धनगढी: कैलालीका ५४ सहित सुदूरपश्चिम प्रदेशका थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशका पाँच वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय ५० जनाको कोरोना परीक्षण भएकोमा ९७ जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा दुई सय ९८ जनाको कोरोना परीक्षण गरिएकोमा ६८ जनामा संक्रमण पुष्टि भएको हो।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार कैलालीका ५४, कञ्चनपुका १३ र अछामका एक जनामा संक्रमण पुष्टि भएको हो। कैलालीको धनगढीका मात्रै ३७ जनामा कोरोना पुष्टि भएको छ। 
अस्पतालका सूचना अधिकारी श्रेष्ठले वडा नम्वर १ का ११ जना, वडा नम्वर २ का ६ जना, वडा नम्वर ३ का चार जना र वडा नम्वर ४ का तीन जनामा संक्रमण पुष्टि भएको बताए। यस्तै वडा नम्वर ५ का एक जना, वडा नम्वर ६ का तीन जना, वडा नम्वर ७ का एक जना, वडा नम्वर ८ का पाँच जना र वडा नखुलेका तीन जनामा संक्रमण पुष्टि भएको हो। योसंगै धनगढीमा संक्रमितको संख्या पाँच सय ७२ पुगेको छ।

सूचना अधिकारी श्रेष्ठले गोदावरी नगरपालिकाका ६ जना, भजनी नगरपालिका वडा नम्वर ४ का चार जना, बर्दगोरीयाका ५ जना र घोडाघोडीका दुई जनामा संक्रमण पुष्टि भएको बताए। कञ्चनपुरको महाकाली नगरपालिकाका दुई जना, भीमदत्त नगरपालिकाका तीन जना, शुक्लाफाँटाका एक जना, बेलौरीका चार जना, बेल्डाँडीका तीन जना, मंगलसेन अछामका एक जनामा संक्रमण पुष्टि भएको छ। 

जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणमा सुदूरपश्चिम प्रदेशका थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। डोटीका १५ र अछामका १३ जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले जानकारी दिए। उनका अनुसार डोटीको सायल गाउँपालिका र अछामको मंगलसेन नगरपालिकाका २८ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा डोटी जिल्ला अस्पतालको प्रयोगशालामा एक सय एक सय २५ जनाको कोरोना परीक्षण गरिएको थियो। यस्तै जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा भएको परीक्षणमा थप एक जनामा कोरोना पुष्टि भएको छ। 

चार जनाको परीक्षण भएकोमा एक जनामा संक्रमण पुष्टि भएको हो। डडेल्धुरा अस्पतालमा भने १४ जनाको मात्रै कोरोना परीक्षण भएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ भने बझाङ अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परीक्षण हुन नसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

आज ९७ जनामा संक्रमण पुष्टि भएसंगै प्रदेशमा संक्रमितको संख्या सात हजार दुई सय नाघेको छ। संक्रमण पुष्टि भएका पाँच हजार नौँ सयले कोरोना जितेका छन् भने १९ जनाको मृत्यु भएको छ।

कमेन्ट लोड गर्नुस