सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा भएको परीक्षणमा कैलालीका ५४ सहित ६८ जनामा कोरोना पुष्टि

२०७७ असोज १०, ०५:०८ खबर संवाददाता

धनगढी– सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा दुई सय ९८ जनाको कोरोना परीक्षण गरिएकोमा ६८ जनामा संक्रमण पुष्टि भएको हो।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार कैलालीका ५४, कञ्चनपुका १३ र अछामका एक जनामा संक्रमण पुष्टि भएको हो। कैलालीको धनगढीका ३७ जनामा कोरोना पुष्टि भएको छ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार वडा नम्वर १ का ११ जना, वडा नम्वर २ का ६ जना, वडा नम्वर ३ का चार जना र वडा नम्वर ४ का तीन जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै वडा नम्वर ५ का एक जना, वडा नम्वर ६ का तीन जना, वडा नम्वर ७ का एक जना, वडा नम्वर ८ का पाँच जना र वडा नखुलेका तीन जनामा संक्रमण पुष्टि भएको हो। योसंगै धनगढीमा संक्रमितको संख्या पाँच सय ७२ पुगेको छ। 

सूचना अधिकारी श्रेष्ठले गोदावरी नगरपालिकाका ६ जना, भजनी नगरपालिका वडा नम्वर ४ का चार जना, बर्दगोरीयाका ५ जना र घोडाघोडीका दुई जनामा संक्रमण पुष्टि भएको बताए।

कञ्चनपुरको महाकाली नगरपालिकाका दुई जना, भीमदत्त नगरपालिकाका तीन जना, शुक्लाफाँटाका एक जना, बेलौरीका चार जना, बेल्डाँडीका तीन जना, मंगलसेन अछामका एक जनामा संक्रमण पुष्टि भएको छ। 
 

कमेन्ट लोड गर्नुस