सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका तीन कोरोना संक्रमितको एकैदिन मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७७ असोज १०, ०२:४९ खबर संवाददाता

धनगढी: पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका तीन कोरोना संक्रमितको मृत्यु भएका छ। बैतडीका ३० वर्षीय पुरुष, कैलालीका ३० वर्षीय पुरुष र बझाङका एक पुरुषको मुत्यु भएको हो। 

भारतबाट फर्किदै गर्दा बाटोमै मृत भेटिएका बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ३ का अन्दाजी ३० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।

स्वास्थ्य कार्यालय बैतडीका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले मृतक बोहोराको डडेल्धुरा अस्पताल प्रयोगशालामा पीसीआर विधी मार्फत कोरोना परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएको बताए।
भारतको बैङ्लोरबाट फर्किएका उनी शनिबार पुर्चौडी नगरपालिका वडा नम्बर १ को लामाधारमा मृत भेटिएका थिए। मृतक बोहोराको शव व्यवस्थापन गर्ने तयारी भईरहेको छ।

यस्तै भरतपुर १० स्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत कैलालीको गोदावरी नगरपालिका १ का ३० वर्षीय युवकको मृत्यु भएको हो। 

उनीमा मृत्युपछि संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए। मृतक ती युवक श्वासप्रश्वासमा समस्या देखिएपछि शुक्रवार अस्पताल भर्ना भएका थिए।  उनको सोहीदिन राति मृत्यु भएको थियो। उनमा मृत्यु पश्चात् शनिवार मात्रै संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। 

ती पुरूषलाई सघन उपचार कक्ष (आइसीयू) मा राखेर उपचार गरिएको थियो। मृतक पुरूष मिर्गाैलाको दीर्घरोगी रहेको अस्पतालले जनाएको छ।

त्यसैगरी बझाङ घर भइ काठमाडौंमा कार्यररत सैनिक जवानको शुक्रबार मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। वीरेन्द्र सैनिक अस्पताल छाउनीको सघन कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

असोज ६ गते छारे रोगको लक्षण देखिएपछि आईसीयूमा भर्ना गरिएका उनलाई ८ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो। 

बझाङको छबिसपाथिभेरा–१ घर भएका उनी महेन्द्र दल गण नागार्जुन काठमाडौंमा कार्यरत थिए।

योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या १९ पुगेको छ।

कमेन्ट लोड गर्नुस