सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका थप २८ जनामा कोरोना पुष्टि

२०७७ असोज १०, ०१:४० खबर संवाददाता

धनगढी– जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणमा सुदूरपश्चिम प्रदेशका थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। डोटीका १५ र अछामका १३ जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले जानकारी दिए।

उनका अनुसार डोटीको सायल गाउँपालिका र अछामको मंगलसेन नगरपालिकाका २८ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा डोटी जिल्ला अस्पतालको प्रयोगशालामा एक सय एक सय २५ जनाको कोरोना परीक्षण गरिएको थियो। 
 

कमेन्ट लोड गर्नुस