सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा जंगली बँदेलको मासु सहित दुई जना पक्राउ

२०७७ असोज ९, ०५:१० खबर संवाददाता

धनगढीः कञ्चनपुरमा जंगली बँदेलको मासु सहित दुई जना पक्राउ परेका छन्।

जिल्लाको वेदकोट नगरपालिकाको सुडाबाट जंगली बँदेल मारेर मासु काटिरहेको अवस्थामा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले बँदेल मारेर मासु बनाईरहेको अवस्थामा बेदकोट नगरपालिका वडा नम्बर ७ का ज्ञानेन्द्र पाण्डे र पुष्करण विष्टलाई पक्राउ गरी डिभिजन वन कार्यालयको जिम्मा लगाईएको जानकारी दिए।

उनीहरुले शुक्लाँफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट जंगली बँदेल मारेर ल्याएको हुनसक्ने आशंका गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस