सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाबाट थप चार जनाको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७७ असोज ७, ०१:१२

कोरोना भाइरस संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ। मोरङको विराट मेडिकल कलेजको आइसोलेसन कक्षमा उपचाररत झापाको भद्रपुर नगरपालिका –१० का ८६ वर्षीय वृद्धको बुधबार विहान मृत्यु हो। कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि अस्पताल आएका वृद्धलाई सोमबार नै कोरोना पोजेटिभ देखिएको थियो।

वृद्धलाई उपचारका लागि भर्ना गर्दा स्वासप्रश्वासमा समस्या देखिएको, ज्वरो आएको र जटिल खालको निमोनिया देखिएको अस्पतालले जनाएको छ। उनको मिर्गौलामा पनि समस्या देखिएको थियो।

यस्तै  बाँकेको भेरी अस्पतालमा उपचारका  क्रममा बर्दियाको बारबर्दिया नगरपालिका ३ बनियाभारका ३९ वर्षका पुरुषको बुधबार बिहान साढे १० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय, बाँकेले जनाको छ।

मृतक स्वास्थ्यमा समस्या आएपछि भदौ २९ गते दिउँसो भेरी अस्पतालमा भर्ना भएका थिए । सोही अस्पतामा पीसीआर परीक्षण गर्दा ३० गते उनमा कोरोना पुष्टि भएको थियो। भेरी अस्पताल भर्ना हुनुअघि ती पुरुषले कोरोना भएको आशंकामा २८ गते पीसीआर परीक्षण गर्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब दिएका थिए। प्रतिष्ठानले उनको रिपोर्ट नेगेटिभ दिएको थियो।

तर स्वास्थ्यमा समस्या भएपछि उनी २९ गते भेरी अस्पताल भर्ना भए । भेरीले पुनः स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण भएको पुष्टि भएको हो।

यस्तै ललितपुरमा थप दुईजना कोरोना भाइरस (कोभिड १९)का संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। ललितपुर घर भएका एकजना ८० वर्षीय पुरुषको मंगलबार र अर्का ७४ वर्षीय पुरुषको बुधबार मृत्यु भएको स्वास्थ्य कार्यालय, ललितपुरले  जनाएको छ।

८० वर्षीय पुरुष भदौ ६ गते उपचारका लागि मेघा अस्पतालमा भर्ना भएका थिए भने ७४ वर्षीय पुरुष भदौ १७ गते अल्का अस्पतालमा भर्ना भएका थिए।

कमेन्ट लोड गर्नुस