सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेलायतमा कोभिड–१९ को नियम तोड्नेलाई १० हजार पाउण्डसम्म जरिवाना गरिने

फाइल फोटो
फाइल फोटो
२०७७ असोज ४, ११:०६ रासस

कोरोना सङ्क्रमितको सङ्ख्या लगातार वृद्धि हुन थालेपछि बेलायती सरकारले कडा नियम लागू गर्ने भएको छ। नयाँ व्यवस्था अनुसार ‘सेल्फ आइसोलेसन’को आदेशलाई तोड्ने आफ्ना नागरिकलाई बेलायती सरकारले १० हजार पाउन्ड ९झण्डै १५ लाख नेपाली रूपैँया सम्म जरिवाना गर्ने बताइएको छ। 

बेलायतमा शनिबार मात्र करिब चार हजार ५०० नयाँ सङ्क्रमित भेटिएका थिए भने २७ जनाको मृत्यु भएको थियो। पछिल्ला केही हप्ताको अवधिमा सङ्क्रमितको सङ्ख्या दोब्बरले बढ्ने गरेको सरकारी तथ्याङ्कले देखाएको छ। 

सेप्टेम्बर २८ तारिख यता कोरोना सङ्क्रमित व्यक्ति र सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिहरु ‘सेल्फ आइसोलेसन’मा बस्नुपर्ने व्यवस्था गरिएको हो। सरकारले कम आय श्रोत भएकालाई ५०० पाउण्डको आर्थिक सहयोग दिने पनि जनाइएको छ। 

नयाँ व्यवस्था अनुसार सेल्फ आइसोलेशनमा बस्न अस्वीकार गर्नेले न्यूनतम एक हजार पाउन्ड जरिवाना तिर्नुपर्नेछ । पटक पटक यो नियम उल्लङ्घन गर्नेका लागि यो जरिवाना १० हजार पाउन्ड सम्म पु¥याइएको हो । यसअघि सेल्फ आइसोलेसनलाई एक निर्देशनका रुपमा मात्रै लागू गरिएको थियो।  

इङ्गल्याण्डका लागि नयाँ नियमहरू घोषणा गर्दै प्रधानमन्त्री जोनसनले भाइरससँग लड्ने सबैभन्दा उत्तम उपाय भएकोले सबैले नियमको पालना गर्नुपर्ने बताए। 

प्रधानमन्त्री जोनसनले भन्नुभयो, “नियम मान्न कति महत्वपूर्ण छ भन्ने विषयलाई कसैले पनि कम आँक्न हुँदैन, नयाँ नियमहरूको अर्थ तपाईँलाई राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएसंले परीक्षण वा सङ्क्रमितको निकट रहेको भनेको छ भने तपाईँ नियम मान्न कानुनी रूपमा बाँधिनु भएको छ भन्ने हो।” नियम मान्न बेवास्ता गर्नेहरूले उल्लेख्य जरिबानाको सामना गर्नुपर्ने पनि उनले बताए। 

“जोखिममा रहेका मानिसलाई सङ्क्रमण हुनबाट जोगाउन, एनएचएसको रक्षा गर्न र जीवन बचाउनका लागि भाइरस नियन्त्रण गर्न हामीले गर्न सकिने सबै कुरा गर्नुपर्छ“, उनले भने।
 

कमेन्ट लोड गर्नुस