सुदूर नेपाललाई विश्वसँग जोड्दै

डा.केसीका माग सम्बोधन गर्न आग्रह

२०७७ असोज ४, ०९:०४ रासस

नेपाली काँग्रेस संसदीय दलले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार एवम् परिवर्तनका लागि जुम्लामा अनसन बस्नु भएका डा.गोविन्द केसीका जायज माग हालसम्म सरकारले सम्बोधन नगरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ।

काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले आज एक विज्ञप्तिमार्फत अनसनका कारण उनको दिनप्रति दिन स्वास्थ्य स्थिति नाजुक भइरहँदा पनि सरकारले उहाँको मागलाई वेवस्ता गर्नु दुःखद भएको उल्लेख गरे। काँग्रेस संसदीय दलले सबै नेपाली नागरिकको स्वास्थ्यमा सरल र सहज रुपले पहुँच होस् र विपन्न परिवारका छोराछोरीले पनि सहज र सुलभ तरिकाले चिकित्सा शिक्षा हासिल गरोस् भन्ने उद्देश्यका साथ जनहितका लागि गरिएको सत्याग्रहप्रति ऐक्यबद्धता जनाएको छ।
 

कमेन्ट लोड गर्नुस