सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेकपा सचिवालय बैठक भित्र पस्न खोज्ने महिला पक्राउ

फाइल फोटो
फाइल फोटो
२०७७ असोज ४, ०५:३९ रासस

काठमाडौँ: प्रहरीले काठमाडौँको पेरिसडाँडाबाट एक महिलालाई पक्राउ गरेको छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकका क्रममा भित्र पस्न खोजेपछि दोलखाकी बालिका खड्कालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए। झोला देखाउन आग्रह गर्दा नदेखाएर जबर्जस्ती जान खोजेपछि नियन्त्रणमा लिइएको उनले जानकारी दिए।

प्रहरीका अनुसार खड्कालाई धर्नामा बस्न आएको र अन्य साथीसमेत आउन लागेको बताएपछि नियन्त्रणमा लिइएको हो। 

कमेन्ट लोड गर्नुस