सुदूर नेपाललाई विश्वसँग जोड्दै

संविधानको मर्म र भावना मरेको भन्दै सामूहिक रुपमा रोएर सरकारको विरोध

२०७७ असोज ३, ०६:२८ खबर संवाददाता

काठमाडौं: संविधान दिवसकै दिन बर्तमान सरकारले संविधानको मर्म र भावनाको हत्या गरेको भन्दै सामूहिक रुपमा रोएर राजधानी लगायत देशका विभिन्न भागमा विरोध प्रदर्शन गरिएको छ।

फरक फरक शैलीमा सिर्जनात्मक र शान्तिपूर्ण विरोध कार्यक्रम गर्दै आएको स्वतन्त्र राष्ट्रिय अभियान, नेपालको आयोजनामा राजधानी लगायत विभिन्न स्थानमा सो प्रकारको विरोध कार्यक्रम गरिएको अभियानले जनाएको छ। साथै संविधान एक पवित्र र प्रगतिशील दस्तावेज भए पनि हजरौं मान्छेको बदिदानीबाट आएकोमा हाल संविधानको भावना विरोधी कार्यहरु फरक फरक पार्टीहरु विभिन्न समयमा सरकारमा रहँदा गरेकोले औचित्यहीन बनेको भन्दै संविधानको साङ्गे समेत गरिएको थियो।

यस प्रकारको कार्यक्रम राजधानीको माइतीघर मण्डलामा गर्न लागिएकोमा प्रहरीले भेला जम्मा नै हुन नदिएको, त्यसपछि कोटेश्वर तीनकुनेमा तयारी भएकोमा त्यहाँ समेत अवरोध गरिएपछि प्रहरीलाई झुक्याएर आयोजकहरुले पशुपतिमा पुगेर संविधानको साङ्गे गर्दै सामूहिक रुपमा रोएर संविधानको मर्म मरेकोमा शोक प्रकट गरेका थिए।

अभियानका विभिन्न जिल्लाका समितिहरुले समेत सो कार्यक्रम गरेको जनाएको छ। 

अभियानका सचिवालय सदस्य कृष्ण प्रसाईँ, अर्थ विभाग प्रमुख बोधनाथ न्यौपाने, संगठन विभाग सदस्य सचिव दुर्गा बस्नेत, युवा तथा खेलकुद विभाग प्रमुख सेर्फड लिम्बु, सञ्चार विभाग प्रमुख चर्चित ढुगेलले कार्यक्रमको औचित्यबारे प्रकाश पारेका थिए ।

कमेन्ट लोड गर्नुस