सुदूर नेपाललाई विश्वसँग जोड्दै

पानीमा डुबेर बालकको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७७ असोज ३, ०६:०६ खबर संवाददाता

रौतहट: रौतहटमा खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको ज्यान गएको छ। जिल्लाको मौलापुर नगरपालिका– ३ गमहरियाका रामप्रवेश यादवका ५ वर्षीय छोरा रविकिसन यादवको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। 
उनीसँगै डुबेका सोही ठाँउका छोटेलाल यादवको वर्ष ६ का मेघनाथ यादव र बर्ष ४ का अमित यादवको वीरगञ्जस्थित उपचार भइरहेको छ।

अत्यधिक गर्मी लागेर शनिवार दिउँसो तिनैजना बालक गमहरिया गाँउछेउ सहिदचोक नजिकै खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा डुबेका थिए।

कमेन्ट लोड गर्नुस