सुदूर नेपाललाई विश्वसँग जोड्दै

सवारी दुर्घटना हुँदा एकको मृत्यु

२०७७ असोज ३, ०५:२५ रासस

मकवानपुर जिल्लाको मनहरि गाउँपालिका–९ रजैयामा आज दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–७ बस्ने अन्दाजी २९ वर्षीय दीपेन्द्र अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए।

चितवनबाट हेटौँडातर्फ जाँदैै गरेकोे बा ३ ख ९६६४ नम्बरको मिनीबस र विपरीत दिशातर्फ जाँदै गरेको ना ४९ प २४०० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा अधिकारीको मृत्यु भएको हो। 

प्रवक्ता रानाका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका अधिकारीको चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। मिनीबस र चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस