सुदूर नेपाललाई विश्वसँग जोड्दै

सामाजिक विकास मन्त्रालयका उपसचिव विष्टलाई विभूषण

२०७७ असोज ३, ०४:१३ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका उपसचिव झंकर विष्टलाई विभूषित गरिने भएको छ। 

राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्याउनेहरुलाई सरकारले संविधान दिवसमा सम्मान गर्दै आएको छ। सोही अनुसार अछामको मंगलसेन नगरपालिका बिसाकोट घर भएका विष्टलाई प्रबल जनजसेवा चतुर्थबाट विभुषित गरिने छ। विभूषण आगामी संविधान दिवसको दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट वितरण हुनेछ।

सरकारले यसवर्ष ५ सय ९४ जनालाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रमा सक्रिय व्यक्तिलाई विभूषण दिने निर्णय गरेकी हुन्।

कमेन्ट लोड गर्नुस