सुदूर नेपाललाई विश्वसँग जोड्दै

संविधान दिवस : सुदूरपश्चिमका २२ जनालाई सम्मान

२०७७ असोज ३, ०२:१३ खबर संवाददाता

धनगढी– सरकारले संविधान दिवसको अवसरमा बिभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने भएको छ। देशभरीका ५ सय ४४ जनालाई सम्मानका लागि छनौट गरिएकोमा सुदूरपश्चिम प्रदेशका भने २२ जना परेका छन्।

सुदूरपश्चिम प्रदेशमा कार्यरत कर्मचारी, सुरक्षाकर्मी, लेखक र समाजसेवी गरी २२ जनालाई सम्मान गरिने भएको हो। सुप्रबल जनसेवा श्री (तृतिया) बाट बाजुराका लेखक दयाल बहादुर शाही, सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका प्रदेश सचिव किशोर कुमार चौधरी र स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीलाई सम्मान गरिनेछ। 

प्रवल जनसेवा श्री (चतुर्थ) बाट बाजुराको बुढीनन्दा नगरपालिकाकी उपमेयर सृष्टि रेग्मी, सामाजिक विकास मन्त्रालय उपसचिव झंकर विष्ट, सुदूरपश्चिम प्रदेश दंगा नियन्त्रण प्रहरी कार्यालयका तत्कालिन प्रहरी उपरिक्षक जनकराज पाण्डेय, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरिक्षक पदमवहादुर विष्ट, सेती प्रादेशिक अस्पतालका डाक्टर जगदिश जोशी, जिल्ला अस्पताल बाजुराका डाक्टर रुपचन्द्र विश्वकर्मा, जिल्ला प्रशासन कार्यालय बझाङका शाखा अधिकृत रामबहादुर सार्की, जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकिय अधिकृत शिवराज जोशी, जिल्ला स्वास्थ्य कार्यालय कैलालीका जनस्वास्थ्य अधिकृत लालवहादुर धामी र स्वास्थ्य कार्यालय बझाङका सिनियर खोप अधिकृत भानुभक्त जोशीलाई प्रदान गरिनेछ। 

जनसेवा श्री (पञ्चम) बाट बेदकोट नगरपालिका –३ कञ्चनपुरका समाजसेवी नन्दसिंह सार्की, भीमदत्त नगरपालिकाका हेमविक्रम थापा, धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का आयोजनाविज्ञ दिलिपराज भट्ट, जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका नायव सुव्वा केशवदत्त भट्ट, जिल्ला हुलाक कार्यालय बाजुराका नायव सुव्वा जंगविर सुनार र जिल्ला प्रशासन कार्यालय डोटीका खरिदार तेजवहादुर खड्कालाई प्रादान गरिनेछ। 

समाज सेवा रत्नबाट भागेश्वर ४ डडेल्धुराका समाजसेवी प्रकाशबहादुर साउद, नेपाल प्रताप सुभूषणबाट जिल्ला प्रहरी कार्यालय डडेल्धुराका तत्कालिन प्रमुख तथा प्रहरी नायव उपरिक्ष दधिराम न्यौपाने र अतिपौरख भाष्करबाट कालीरक्षा गण (ई) बढैपुर ब्यारेक, कैलालीका प्युठ सुरेश बहादुर पुनलाई सम्मान गरिनेछ।

राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुगाउनेहरुलाई सरकारले संविधान दिवसमा सम्मान गर्दै आएको छ। विभूषण, अलंकार र पदक आगामी संविधान दिवसको दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट वितरण हुने छ। 
 

कमेन्ट लोड गर्नुस