सुदूर नेपाललाई विश्वसँग जोड्दै

संविधान दिवसको अवसरमा स्वास्थ्य निर्देशक अवस्थीलाई विभूषण

२०७७ असोज ३, ०१:३७ खबर संवाददाता

धनगढी : राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्याउनेहरुलाई सरकारले संविधान दिवसमा सम्मान गर्दै आएको छ। सरकारले यसवर्ष ५ सय ९४ जनालाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेको छ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रमा सक्रिय व्यक्तिलाई विभूषण दिने निर्णय गरेकी हुन्। 

सोही सूचिमा स्वास्थ्य निर्देशनालय सुदूरपश्चिमका क्षेत्रीय निर्देशक डाक्टर गुणराज अवस्थीको नाम पनि उल्लेख छ। उनलाई सुप्रबल जनजसेवा तृतीयबाट विभुषित गरिने छ। 

विभूषण आगामी संविधान दिवसको दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट वितरण हुनेछ।
 

कमेन्ट लोड गर्नुस