सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुक्रबार सुदूरपश्चिमका १०९५ जना भारत गए, ३०७ नेपाल आए

२०७७ असोज ३, १२:०३ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशबाट शुक्रबार रोजगारी खोज्दै एक हजार बढि नेपाली भारत गएका छन्।

कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट एक हजार ९५ जना भारत गएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले गड्चौकी नाकाबाट एक सय ३१ र गौरीफन्टा नाकाबाट नौ सय ६४ जना भारत गएको जानकारी दिए।

उनका अनुसार शुक्रबार दुवै नाकाबाट तीन सय ७ जना मात्रै स्वदेश फर्किएका छन्। गड्डचौकीबाट ६८ र गौरीफन्टाबाट दुई सय ३९ जना स्वदेश फर्किएको प्रहरी नायब उपरिक्षक थापाक्षेत्रीले बताए।  

कोरोना महामारीपछि स्वदेश फर्किएका सुदूरपश्चिमबासी पछिल्लो समय रोगले भन्दा भोकले मर्नुपर्ने अवस्था सिर्जना भएको भन्दै रोजगारीको खोजीमा फेरी भारर जान थालेका हुन्। 
 

कमेन्ट लोड गर्नुस