सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा युवक पक्राउ

२०७७ असोज ३, ११:४२ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले युवकलाई पक्राउ गरेको छ।

गत भदौँमा जिल्लाको बेल्डाडी गाउँपालिकामा १६ वर्षीया किशोरीलाई बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोपमा बेल्डाडीकै २२ वर्षीय युवक सुरज साउँदलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले बलात्कार आरोप लागेपछि फरार साउँदलाई बेलौरी नगरपालिका क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिए। साउँदलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

यसअघि सोही घटनामा सामूहिक बलात्कारको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।

उक्त घटनाको अनुसन्धानमा लापरवाही गरेको भन्दै ईलाका प्रहरी कार्यालय बेल्डाडीमा कार्यरत प्रहरी जवान रोहित रोकायालाई समेत प्रहरीले कारवाहीको दायरामा ल्याईएको जनाएको छ।

 सम्बन्धित समाचार 

कञ्चनपुरमा किशोरी बलात्कारका आरोपीलाई उम्काउन खोज्ने प्रहरी जवान पक्राउ
 

कमेन्ट लोड गर्नुस