सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाबाट थप दुई जनाको मृत्यु

२०७७ असोज ३, १०:४९ खबर संवाददाता

चितवन र बुटवलमा एक–एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

चितवनमा मेडिकल कलेज भरतपुरको भेन्टिलेटरमा उपचार गराउँदै आएकी रौतहटको चन्द्रनिगाहापुर ५ की ६० वर्षीया महिलाको र बुटवल उपमहानगरपालिका वडा नम्बर १० का ६९ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो।

रौतहटकी महिलाको विहान ५ बजे मृत्यु भएको चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए। भदौ २८ गते आकस्मिक कक्षमा भर्ना भएकी उनलाई ल्याउनेवित्तिकै आइसियूसहित भेन्टिलेटरमा राखिएको थियो।

उनमा भदौ २९ गते कोरोना संक्रमण पोजेटिभ आएको थियो। उनलाई निमोनिया, थाइराइड र उच्च रक्तचापको समस्या समेत भएको पाइएको जनाइएको छ।

यसैगरी बुटवल उपमहानगरपालिका वडा नम्बर १० का ६९ वर्षीय पुरुषको आज बिहान १ बजे मृत्यु भएको कोरोना विशेष अस्थायी अस्पताल बुटवलले जनाएको छ। निमोनियाको समस्या रहेका उनी भदौ २२ गतेदेखि नै आईसीयूमा उपचाररत थिए।

कमेन्ट लोड गर्नुस