सुदूर नेपाललाई विश्वसँग जोड्दै

डुङ्गा पल्टिँदा एक बेपत्ता

फाइल फोटो
फाइल फोटो
२०७७ भदौ ३१, ०४:०० रासस

परासी: नवलपरासी ९ बर्दघाट–सुस्ता पश्चिम०स्थित नारायणी नदीमा डुङ्गा पल्टिँदा एक व्यक्ति बेपत्ता भएका छन्। अन्य छ जना पौडी खेलेर बाँच्न सफल भएका छन्।

सुस्ता गाउँपालिका–५ स्थित अनोमाघाटदेखि इँटा लोड गरी सुस्ता गाउँतर्फ जाँदै गरेको सात जना सवार डुङ्गा आज बिहान सुस्ता पुग्नै लाग्दा अचानक पल्टिएको हो। 

बेपत्ताको प्रहरी र स्थानीयवासीले खोजी गरिरहेका छन्। बेपत्ता हुनेमा भारतको महाराजगञ्जका २८ वर्षीय पतरु मुसहर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए।

कमेन्ट लोड गर्नुस