सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरका थप २९ जनामा कोरोना संक्रमण पुष्टि

२०७७ भदौ ३१, ०३:३८ खबर संवाददाता

धनगढी– कैलाली र कञ्चनपुरका थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कैलालीका २१ र कञ्चनपुरका ८ जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार कैलालीको गौरीगंगा नगरपालिकाका सात जना, लम्कीचुहा नगरपालिकाका ६ जना, धनगढी उप–महानगरपालिकाका चार जना, गोदावरी नगरपालिकाका दुई जना, जोशीपुर र टीकापुरका एक÷एक जनामा संक्रमण पुष्टि भएको हो।

कञ्चनपुरको भीमदत्त नगरपालिकाका ६ जना र बेदकोट नगरपालिकाका दुई जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

सूचना अधिकारी श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा चार सय २५ जनाको कोरोना परीक्षण भएको छ। अहिले सेती प्रादेशिक अस्पतालमा १० पुरुष र ६ महिला गरी १६ जना संक्रमितको उपचार भईरहेको छ। 
 

कमेन्ट लोड गर्नुस