सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका नयाँ सिडिओ भन्छन्– गौरीफन्टा नाकाको सुरक्षा व्यवस्था यथावथ छ

२०७७ भदौ ३१, ०२:१२ खबर संवाददाता

धनगढीः कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले गौरीफन्टा नाकाको सुरक्षा व्यवस्था यथावथ रहने बताएका छन्।

हालै कञ्चनपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएका महतोले तत्कालीन प्रजिअ हुने बेला गरिएको निर्णय अनुसार नाकाको सुरक्षा व्यवस्था यथावथ रहेको जानकारी दिए।

‘गौरीफन्टा सीमानाकामा हामीले सुरक्षा प्रबन्ध मिलाएका छौँ। त्यो निरन्तर जारी छदैछ।’ उनले भने, ‘जिल्लाका सुरक्षाकमी फिर्ता बोलाउने वा निरन्तरता दिने भन्ने विषयमा कुनै छलफल भएको छैन्। अहिले यथावथ छ।’

कञ्चनपुरमा पर्ने भएपनि विगतमा गौरीफन्टा नाकाको व्यवस्थापन कैलाली प्रशासनले गर्दै आएको थियो।

तर गत भदौँको दोस्रो सातादेखि कञ्चनपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाले सुरक्षाकर्मी परिचालन गरेपछि कैलालीका प्रशासनले सीमामा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाएको थियो।

सोही विषयलाई लिएर विवाद सुरु भएपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको थियो।

प्रजिअको सरुवा भएपछि पुनः सीमानाकामा कैलालीकै सुरक्षाकर्मी परिचालन हुने चर्चा चलेपनि अहिले सम्म कञ्चनपुरले नै व्यवस्थापन गरिरहेको छ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी हटाउन कैलालीकै नेताहरुले लविङ गरेको दावी गरिएको थियो। 
 

 

कमेन्ट लोड गर्नुस