सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोटरसाइकल दुर्घटनामा सेनाका जमदारको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७७ भदौ ३१, १०:४५ खबर संवाददाता

मोटरसाइकल दुर्घटनामा नेपाली सेनाका जमदारको मृत्यु भएको छ। सिरहामा भएको मोटरसाइकल दुर्घटनामा नेपाली सेनाका एक जमदार पेशल पाण्डेको  मृत्यु भएको हो। 

खोटाङ घर भइ सुनसरीको इटहरी ४ बस्ने उनी नेपाली सेनाको श्री बक्स गुल्मी अर्थुङ्गे ब्यारेक म्याग्दीमा कार्यरत थिए। पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनगढीमाई नगरपालिका–१ स्थित मेदनी पुल सडक खण्डमा आफैंले चलाएको मोटरसाइकल दुर्घटना भई उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

को.२२ प २९४४ नम्बरको मोटरसाइकल चढेर पश्चिमबाट पूर्वतर्फ आउँदै गर्दा दुर्घटनामा परी गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस