सुदूर नेपाललाई विश्वसँग जोड्दै

बङ्गलादेशमा थप एक हजार ७०० कोभिड–१९ सङ्क्रमित, २४ घण्टामा ४३ को मृत्यु

२०७७ भदौ ३०, ०७:४५

ढाका: बङ्गलादेशमा विगत २४ घण्टामा थप एक हजार ७२४ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ भने उक्त अवधिमा थप ४३ जनाको मृत्यु भएको छ। 

स्वास्थ्य सेवा महानिर्देशनालयका अनुसार  बङ्गलादेशमा मङ्गलबारसम्म कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ४१ हजार ५६ पुगेको छ भने चार हजार ८०२ जनाको मृत्यु भएको छ। 

सरकारी तथ्याङ्क अनुसार बङ्गलादेशभरि विगत २४ घण्टामा १४ हजार ५० नमूनामा कोरोना परीक्षण गरिएको छ। 

निर्देशनालयका अनुसार देशभर कोभिड–१९ सङ्क्रमणमुक्त हुनेको सङ्ख्या विगत २४ घण्टामा दुई हजार २३९ रहेको छ भने अहिलेसम्म निको भई घर फर्किनेको सङ्ख्या दुई लाख ४५ हजार ५९४ रहेको छ। 

बङगलादेशमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ७२.०१ प्रतिशत पुगेको छ भने सङ्क्रमितमध्ये १.४१ प्रतिशत विरामीको मृत्यु भएको छ। 

बङ्गलादेशमा जुलाई २ मा सबभन्दा बढी दैनिक चार हजार १९ व्यक्ति सङ्क्रमित भएका थिए भने जुन ३० मा सबैभन्दा बढी ६४ जनाको मृत्यु भएको तथ्याङ्क रहेको छ। -सिन्ह्वा

कमेन्ट लोड गर्नुस